आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ज्यान मुद्दाका फरार प्रतिवादी ३४ वर्षपछि पक्राउ

आइतबार, ०७ असोज २०८०, ११ : १४
आइतबार, ०७ असोज २०८०

काठमाडौँ । ज्यान मुद्दाका फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय भोजपुरले ३४ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुरको साल्पासिलिछो गाउँपालिका–५ घर भएका चक्र बहादुर राई छन् ।

२०४६ कार्तिक १७ मा चक्र बहादुर सहित अरू ३ जना मिलेर तत्कालीन २६ वर्षीय बद्री कुमार राईको हत्या गरेका थिए । २०४६ कार्तिक २० मा प्रहरीले मुद्दा दर्ता गरेर अनुसन्धान गरेको थियो । जिल्ला अदालत भोजपुरले २०६० जेठ २७ मा चक्र बहादुरलाई सर्वस्व सहित जन्मकैदको सजाय ठहर गरेको थियो ।

प्रतिवादीलाई सुनसरीको इटहरी उप–महानगरपालिका वडा नम्बर–२० स्थित तरहराबाट पक्राउ गरिएको भोजपुरका डिएसपी सुदिप पाठकले रातोपाटीलाई बताए । साविक दोभाने गा.वि.स वडा नम्बर–८ का वडा अध्यक्ष रामनाथ राईको घरमा सुतिरहेको अवस्थामा प्रतिवादीहरूले खुकुरीले हानेर गम्भीर घाइते बनाएपछि बायाँ हात छिनालेर बोकेर भागेका थिए । उपचारको लागि लैजाँदा दोभाने पाटीमा बद्रीको मृत्यु भएको थियो । मृतक पदम बहादुर राईको छोरा हुन् ।

३४ वर्षदेखि लुकेका चक्र बहादुरलाई तरहराबाट प्रहरी हवलदार चितरंजन मेहता समेतको टोलीले पक्राउ गरेका हुन् । हत्या गर्दा २७ वर्षका चक्रबहादुर अहिले ६७ वर्ष भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप