आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एसियाली खेलकुदमा नेपाल : सुटिङ खेलाडी सलिशा र सुस्मिता प्रारम्भिक चरणबाटै बाहिरिए

आइतबार, ०७ असोज २०८०, ११ : २७
आइतबार, ०७ असोज २०८०

काठमाडौँ । चीनमा जारी एसियाली खेलकुद प्रतियोगितामा आइतबार नेपाली खेलाडीले निराशाजनक प्रदर्शन गरेका छन् । नेपाली खेलाडी सलिशा भण्डारी र सुस्मिता नेपाल सुटिङको १० मिटर एयर राइफल महिला छनोट चरणबाटै बाहिरिएका हुन् । 

छनोट चरणमा सलिशा ४७औँ स्थानमा रहिन् । सुस्मिता भने ५८औँ स्थानमा रहिन् । प्रतियोगितामा ६२ जना खेलाडीले भाग लिएका थिए । त्यसमध्ये तीनजना खेलाडी प्रतिस्पर्धामा सहभागी नै भएनन् । नेपालकी सुस्मिताभन्दा पछाडि माल्दिभ्सकी अब्दुल रहमान सराफियामात्र थिइन् ।

१० मिटर एयर राइफल महिला स्पर्धामा चीनकी हुआङ युतिङले स्वणर् पदक जिजितन् । उक्त स्पर्धामा चीनकै हान जिआयुले रजत पदक हात पारिन् । कांश्य पदक भने भारतकी खेलाडी रमिताले आफ्नो पोल्टामा पारिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप