आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
जारी छ आन्दोलन :  राहत र पेन्सन वञ्चित शिक्षक अझै सडकमा, तस्बिरहरू
शिक्षकको आन्दोलन

जारी छ आन्दोलन :  राहत र पेन्सन वञ्चित शिक्षक अझै सडकमा, तस्बिरहरू

आइतबार, ०७ असोज २०८०

काठमाडौँ । राहत शिक्षक र पेन्सन वञ्चित शिक्षकले आइतबार आन्दोलनलाई जारी राख्दै राजधानीमा प्रदर्शन गरेका छन् । शनिबार पनि माइतीघरदेखि नयाँ बानेश्वरसम्म विरोध प्रदर्शन गरिएको थियो । 

यसअघि नेपाल राहत शिक्षक केन्द्रीय समिति  र पेन्सन वञ्चित शिक्षक केन्द्रीय समितिले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै आन्दोलन जारी राख्ने जानकारी दिएका थिए । नेपाल राहत शिक्षक केन्द्रीय समितिले जारी गरेको विज्ञप्तिमा असोज ५ गते नेपाल शिक्षक महासंघ र सरकारबीच भएको सम्झौताले आम शिक्षक कर्मचारीको मानमर्दन भएको र सो सम्झौताको विरुद्ध भण्डाफोर गर्दै सम्पूर्ण राहत शिक्षकको स्थायी व्यवस्थापनका लागि आन्दोलन जारी राख्ने निर्णय भएको जनाइएको छ । 

आइतबार थप सशक्त प्रदर्शन गर्न बिहान १०ः३० बजे माइतीघर मण्डलामा अनिवार्य उपस्थित हुन सबै शिक्षक कर्मचारीलाई समितिले आग्रह गरिएको थियो । त्यस्तै पेन्सन वञ्चित शिक्षक केन्द्रीय संघर्ष समितिले पनि सम्पूर्ण शिक्षक कर्मचारीको माग र मुद्दालाई सरकारले सम्बोधन नगरेसम्म आन्दोलन जारी राख्ने निर्णय गरिएको जानकारी दिएका छन्। शुक्रबार सरकार र शिक्षक महासंघबीच भएको सहमतिप्रति असन्तुष्टि जनाउँदै राहत शिक्षकहरूले पनि आन्दोलन जारी रहने घोषणा गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया