आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
अन्तरपार्टी निर्देशन

विवाद भएपछि एकीकृत समाजवादीको अपानि–११ कार्यान्वयनमा रोक

आइतबार, ०७ असोज २०८०, २२ : ५४
आइतबार, ०७ असोज २०८०

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेताहरुको कार्यविभाजनसहित जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि) ११ कार्यान्वयन नहुने भएको छ । 

शनिबार बसेको सचिवालय बैठकले उक्त अपानी रोक्ने निर्णय गरेको हो । सो पार्टीका सम्मानित नेता झलनाथ खनालले भदौ ५–७ मा बसेको पार्टीको केन्द्रीय समिति बैठकपछि जारी भएको अपानिको कार्यान्वयन रोक्ने निर्णय भएको जानकारी दिए । 

‘अस्ति जारी भएको अपानि कार्यन्वयनमा रोक लगाइएको छ त्यो अपानि कार्यान्वयन हुँदैन । अब पुन परिमार्जन गरेर मात्रै कार्यान्वयनमा जाने अर्को अपानि जारी हुन्छ’, नेता खनालले भने, ‘रोक्ने निर्णय भएपछि कार्यान्वयनमा जाने कुरै भएन ।’ उनले के–के विषय परिमार्जन हुने भन्नेबारे भने खुलाएनन् । 

अध्यक्ष नेपालले छलफलबिनै अपानि–११ जारी गरेको भन्दै नेताहरुले चर्को असन्तुष्टि जनाउँदै कतिपयले राजीनामा नै दिएका थिए । अध्यक्ष नेपालले २१ जना नेतालाई केन्द्रीय समितिमा मनोनयन र धेरै नेताहरुको कार्यविभाजन गरेको अपानि जारी गरेका थिए । तर उक्त अपानिप्रति सम्मानित नेता खनालले समेत आपत्ति जनाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप