मेलिना र चुडामणिको स्वर रहेको नयाँ गीत सार्वजनिक
काठमाडौँ । पछिल्लो समयकी चर्चित गायिका मेलिना राई र गायक चुडामणि मगरको स्वर रहेको गीत ‘मुखले ठिक्क बनाउने’ सार्वजनिक भएको छ । भद्र नकलको शब्द तथा संगीत गीतमा रहेको छ ।
सन् २०१४ देखि गायनमा सक्रिय रहँदै आएका गायक चुडामणिले यसअघि पनि चर्चित कलाकारसँग सहकार्य गरेका छन् । यसै क्रममा उनले यो गीत पनि मेलिनासँग गाएका हुन् ।
गीतको भिडियोमा अहिलेकी व्यस्त मोडल अञ्जली अधिकारी र टम्पशेर राईको अभिनय छ । पूर्वेली लोकलयमा रहेको यस गीतको भिडियोमा अञ्जली र टम्पशेर राईको जोडी सुहाउँदो छ ।
भिडियोलाई तारावीर पाण्डेको निर्देशन गरेका हुन् । भिडियोमा मुकेश हुमागाईँको छायाँकन र सञ्जिला सुमित्राको कोरियोग्राफी तथा विकास धमलाको सम्पादन छ ।
उदयपुर त्रियुगानगरपालिका साउनेका गायक चुडामणि मगरले यसअघि ‘उदायो बिहानी’, ‘कान्छीको जवानी’, ‘वीर गोखौली’ जस्ता चर्चित गीत दिइसकेका छन् । ल्याइसकेका छन् । चुडामणिले ‘भूल’ नामक एल्बम निकालेर सांगीतिक यात्रा सुरु गरेका थिए ।