आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘हात्तीछाप’मा यस्तो छ दया र उपासनाको लुक्स

आइतबार, ०७ असोज २०८०, १५ : २०
आइतबार, ०७ असोज २०८०

काठमाडौँ । आगामी माघको २६ गतेबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म हो ‘हात्तीछाप’ । निर्माण युनिटले फिल्ममा रहेको कलाकारको विभिन्न लुक्स सार्वजनिक गर्दै फिल्मको प्रचार प्रसार गरिरहेको छ । 

यस्तैमा फिल्ममा रहेको अभिनेता दयाहाङ राई र अभिनेत्री उपासना सिंह ठकुरीको लुक्स सार्वजनिक गरेको छ । फिल्मको एक नयाँ पोष्टर मार्फत उनीहरुको लुक्स सार्वजनिक गरेको हो । पोष्टरमा दयाहाङ र उपसाना बाँधिएको अवस्थामा देखिएका छन्, भने उनीसँगै बन्दुक लिएर एक मानिस उभिएको देख्न सकिन्छ । पोष्टर फिल्म्को विषयवस्तुमा आधारित भएको निर्माता किरण नेपालीले बताए ।  

फिल्ममा दयाहाङ राई, सौगात मल्ल, विल्सन विक्रम राई, उपासना सिंह ठकुरी, बेनिशा हमाल, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, प्रकाश घिमिरे, भोलाराज सापकोटा, विनोद न्यौपाने, कविता आले, सुष्मा निरौला, रीयर राई, अनुप न्यौपाने, स्वस्तिका खड्का, नारायण खाती, अनिता गिरी, बेन भुजेल लगायतको अभिनय छ । 

प्रदीप भारद्धाजको लेखन रहेको फिल्ममा किरण नेपालीको प्रस्तुतिमा र सरोज नेपालीको कार्यकारी निर्माणमा तयार भएको हो । पुष्कर गुरुङ र अमला देवी राइको निर्माण रहेको फिल्म सुशान्त प्रजापतिले छायांकन गरेका हुन् । फिल्मका निर्देशक सिमोस सुनुवार हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप