आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेप्से परिसूचक १९.४२ अंकले गिरावट

आइतबार, ०७ असोज २०८०, १५ : ३४
आइतबार, ०७ असोज २०८०

काठमाडौँ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचकमा गिरावट आएको छ ।  

अघिल्लो सातामा लगातार ३ दिनको कारोबारमा बढिरहेको नेप्से साताको पहिलो दिन आइतबार गिरावट आएको हो ।  आइतबार नेप्से परिसूचक १९.४२ अंक घटेर २०१०.३५ बिन्दुमा झरेको छ । 

त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.१० अंकले घटेको छ भने फ्लोट इण्डेक्स १.१८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८८ अंकले गिरावट आएर कारोबार बन्द भएको छ ।

आइतबार कारोबारमा आएका २८५ कम्पनीको ९० लाख ३ हजार कित्ता शेयर २ अर्ब ३२ करोड ६८ लाख ९५ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । बिहीबार नेप्सेको ३ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको थियो ।

आइतबार नेप्सेका १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक घटेको छ भने १ उपसमूहको परिसूचक बढेको छ । जसमा लघुवित्त उपसमूहको परिसूचक ०.९९ प्रतिशत बढेको छ भने बैंक, वित्त, होटल तथा पर्यटन, विकास बंैक, लगानी, जीवन बीमा, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।

आइतबार नेप्से घटेपनि ३ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा स्वरोजगार लघुवित्त, हिमालयन लघुवित्त र एशियन हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । 

तर शुभम् पावरको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । आज माछापुच्छ्रे बैंकको १३ करोड २४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप