आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एसियाली खेलकुद : महिला क्रिकेटको फाइनलमा भारतको प्रतिद्वन्द्वी श्रीलंका

आइतबार, ०७ असोज २०८०, १५ : ४०
आइतबार, ०७ असोज २०८०

काठमाडौँ । १९ औँ एसियाली खेलकुद प्रतियोगितामा महिला क्रिकेटको उपाधिका लागि भारत र श्रीलंकाबीच भिडन्त हुने भएको छ । आइतबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा पाकिस्तानलाई ६ विकेटले हराउँदै श्रीलंका फाइनलमा पुगेको हो । 

यसअघि खेलिएको पहिलो सेमिफाइनल खेलमा भारतले बंगलादेशलाई आठ विकेटले हराएको थियो । टस हारी पहिले ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित ओभरमा नौ विकेट गुमाएर ७५ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको श्रीलंकाले १६.३ ओभरमै केवल चार विकेट गुमाएर विजयलक्ष्य पुरा गरेको थियो । श्रीलंकाका लागि हर्षिथा सामराबिक्रमाले २३ रनको योगदान गरिन् । अनुष्का सञ्जिवनीले पनि १५ रन बनाइन् । 

कप्तान चामरी आथापाथुले १४ रन जोडिन् । निलाक्षी डा.सिल्भा १८ रनमा अविजित रहिन् । हसिनी परेरा भने एक रनमा अविजित रहिन् । त्यसअघि पाकिस्तानका लागि सवाल जुल्फिकारले १६, मुनिबा अलीले १३ र ओमाइमा सोहिलले १० रन बनाएका थिए । श्रीलंकाली बलर युदेशिका प्रबोधनीले तीन र कविसा दिल्हारीले दुई विकेट लिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप