आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

१३ वर्षीया बालिका बलात्कारको आरोपमा चार जना पक्राउ

आइतबार, ०७ असोज २०८०, १५ : ५९
आइतबार, ०७ असोज २०८०

 सुर्खेत । सुर्खेतमा १३ वर्षीय बालिका बलात्कारको आरोपमा चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  

पक्राउ पर्नेमा तीन जना १८ वर्ष भन्दा कम उमेरका रहेका छन् भने एक जना  १९ वर्षीय रहेका छन् ।

पक्राउ पर्ने सबै जना पञ्चपुरी नगरपालिकाका रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख योगेन्द्रसिंह थापाका अनुसार सोही ठाउँकी १३ वर्षीया बालिका रहेकी छन् । उनी बिहीबार साँझ घर नजिकैको अर्को घरमा गरिएको नाचगान कार्यक्रम हेर्नका लागि गएकी थिइन् ।

त्यसैमा मौकामा चार जनाले फरक–फरक स्थानमा लगेर बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

पक्राउ परेकाहरू एउटै गाउँमा हुन् । उनीहरुले योजनाबद्ध रूपमा बलात्कार गरेको हुन सक्ने प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीको भनाइ छ ।

बालिकाको प्रदेश अस्पताल सुर्खेतमा स्वास्थ्य परीक्षण गरिएको छ भने पक्राउ परेका चार जनालाई मुद्दा दर्ता गरेर थप अनुसन्धान गर्ने काम भइरहेको प्रहरी प्रमुख थापाले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप