आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एसियाली खेलकुद : महिला ह्याण्डबलको पहिलो खेलमा चीनसँग हार्‍यो नेपाल

आइतबार, ०७ असोज २०८०, १७ : १८
आइतबार, ०७ असोज २०८०

काठमाडौँ । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगितामा आइतबार नेपाली महिला ह्याण्डबल टोली आफ्नो पहिलो खेलमै पराजित भएको छ । आयोजक चीनले नेपाललाई ५७—१० स्कोरले पराजित गरेको हो । 

चीनले खेलको पहिलो हाफमा २९—५ ले अग्रता लिएको थियो । समूह ‘बी’ मा रहेको नेपाली टोलीले अब बुधबार जापानसँग आफ्नो दोस्रो खेल खेल्नेछ । नेपालले तेस्रो खेल शुक्रबार हङ्कङसँग खेल्नेछ । नेपालले समूहगत चरणको आफ्नो अन्तिम खेल शनिबार भारतसँग खेल्नेछ । 

आइतबार भएको समूह ‘बी’ कै अर्को खेलमा जापानले हङ्कङलाई ३८—१० ले हरायो । महिलातर्फको समूह ‘ए’ अन्तर्गतको खेलमा कजाकस्तानले थाइल्यान्डलाई ४४—२० ले पराजित गर्‍यो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप