आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राष्ट्रकवि माधव घिमिरे पुरस्कार त्रिपाठीलाई

आइतबार, ०७ असोज २०८०, १७ : ३०
आइतबार, ०७ असोज २०८०

काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेलले यसवर्षको राष्ट्रकवि माधव घिमिरे पुरस्कार प्राडा वासुदेव त्रिपाठीलाई प्रदान गरेका छन् । राष्ट्रपति भवन शीतलनिवासमा आइतबार आयोजित कार्यक्रममा मस्र्याङदी वाङमय प्रतिष्ठानले पहिलोपटक घोषणा गरेको एक लाख राशि र सम्मानपत्रसहितका सो पुरस्कार राष्ट्रपति पौडेलले त्रिपाठीलाई प्रदान गरेका हुन् ।

राष्ट्रकवि घिमिरेको परिवारले स्थापना गरेको अक्षयकोषबाट प्रतिष्ठानले नेपाली साहित्य र वाङमयका क्षेत्रमा विशिष्ट योगदान पुरयाउने व्यक्तिलाई वर्षेनी सो पुरस्कार प्रदान गर्नेछ । 

कार्यक्रममा पुरस्कृत व्यक्तित्व डा.त्रिपाठी, पुरस्कार छनौट समितिका सदस्य डा.जयराज आचार्य, राष्ट्रकवि घिमिरेका सुपुत्र राजीव घिमिरे र प्रतिष्ठानका अध्यक्ष विजयराज न्यौपानेले पुरस्कार र प्रतिष्ठानका गतिविधिबारे प्रकाश पारेका थिए । राष्ट्रकवि घिमिरेको १०४ औँ जन्मजयन्तीका अवसरमा सो कार्यक्रम गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप