आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एसियाली खेलकुद : १३ स्वर्णसहित कुल १९ पदक जित्दै चीन पहिलो स्थानमा

आइतबार, ०७ असोज २०८०, १७ : ३४
आइतबार, ०७ असोज २०८०

काठमाडौँ । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगितामा आइतबार साँझसम्म आयोजक राष्ट्र चीन पदक तालिकाको पहिलो स्थानमा छ । चीनले हालसम्म १३ स्वर्ण, तीन रजत र तीन कांस्यसहित कुल १९ वटा पदक जितेको छ । 

दक्षिण कोरिया पदक तालिकाको दोस्रो स्थानमा आसिन छ । दक्षिण कोरियाले चार स्वर्ण, तीन रजत र तीन कांस्यसहित कुल १० वटा पदक हात पारेको छ । पदक तालिकामा जापान तेस्रो स्थानमा छ । जापानले हालसम्म दुई स्वर्ण, तीन रजत र दुई कांस्यसहित सातवटा पदक जितेको छ ।

पदक तालिकामा उज्बेकिस्तान चौथो स्थानमा छ । उज्बेकिस्तानले एक स्वर्ण, तीन रजत र दुई कांस्यसहित कुल ६ वटा पदक चुमेको छ । कुल तीन पदकसहित चाइनिज ताइपेई पाँचौं स्थानमा आसिन छ । चाइनिज ताइपेईले एक स्वर्ण, एक रजत र एक कांस्य पदक जितेको छ । 

यसैगरी हङ्कङ कुल दुई पदकसहित तालिकाको छैठौं स्थानमा छ । हङ्कङले हालसम्म एक स्वर्ण र एक कांस्य पदक जितेको छ । सहभागी अन्य राष्ट्रले भने स्वर्ण पदक जित्न सकेका छैनन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप