आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एसियाली खेलकुद : प्रारम्भिक चरणमै हारे नेपाली बक्सिङ खेलाडी संगीता र दिपक

आइतबार, ०७ असोज २०८०, १७ : ४७
आइतबार, ०७ असोज २०८०

काठमाडौँ । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगितामा आइतबार नेपाली बक्सिङ खेलाडी संगीता सुनार र दिपक श्रेष्ठले पराजित भएका छन् । संगीता भियतनामकी खेलाडी थी लिन्हसँग अंकको आधारमा पराजति भएकी हुन् । 

आइतबार दिउँसो हाङ्झाओ जिम्नेजियममा भएको महलिा ५७ देखि ६० केजी तौलसमूहको प्रारम्भिक चरणको खेलमा संगीतालाई भियतनामकी खेलाडीले ५-० अंकले पराजति गरेकी हुन् ।

यसैगरी पुरुषतर्फको ७१ देखि ८० केजी तौल समूहमा नेपालका दिपक उज्वेकिस्तानका टुराबेक खाबिबुल्लभसँग ५–० अंककै आधारमा पराजित भए । दिपक पनि प्रारम्भिक चरणकै खेलमा पराजित भएका हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप