आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

चेल्सीको खराब सुरुवात कायमै

आइतबार, ०७ असोज २०८०, २१ : १२
आइतबार, ०७ असोज २०८०

लण्डन । १० खेलाडीमा सीमित बनेको चेल्सी आफ्नै घरेलु मैदानमा एस्टन भिल्लासँग पराजित भएको छ । यो सिजन निकै खराब सुरुवात गरेको चेल्सी १–० गोलले स्तब्ध बनेको हो ।

माउरिसयो पोचेटिन्होको टोलीले गोलका लागि थुप्रै अवसर सिर्जना गरे पनि त्यसलाई परिणत भने गर्न सकेन । ५८ औँ मिनेटमा लुकास डिन्येलाई फल हानेपछि मालो गुस्टोले रातो कार्ड पाए । चेल्सीको एक खेलाडी कम भएको फाइदा उठाउँदै ओली वाटकिन्सले खेलको ७७ औँ मिनेटमा पाहुना टोलीका लागि निर्णायक गोल गरे ।

६ खेलबाट चेल्सीले मात्र १ मा जीत हासिल गर्दै ५ अङ्क बटुलेको छ । टोली लिगको १४ औँ स्थानमा सीमित रहेको छ । भिल्ला भने समान खेलबाट चौथो जीतसहित लिगको छैटौँ स्थानमा उक्लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप