आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एसियाली खेलकुद : महिला क्रिकेटमा पाकिस्तानलाई हराउँदै बंगलादेश तेस्रो

सोमबार, ०८ असोज २०८०, १० : ३१
सोमबार, ०८ असोज २०८०

काठमाडौँ । १९औँ एसियाली खेलकुद प्रतियोगिताको महिला क्रिकेटमा बंगलादेश तेस्रो भएको छ । तेस्रो स्थानका लागि सोमबार खेलिएको खेलमा बंगलादेशले पाकिस्तानलाई पाँच विकेटले पराजित गर्‍यो । जितसँगै बंगलादेशले कांस्य पदक हात पार्‍यो । 

टस हारी पहिले ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित ओभरमा नौ विकेट गुमाएर ६४ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको बंगलादेशले १८.२ ओभरमा पाँच विकेट गुमाउँदै विजय लक्ष्य पुरा गरेको थियो । 

बंगलादेशको जितमा सोरन अक्तरले अविजित १४ रन बनाइन् । ओपनर समिमा सुल्तानाले र साथी रानीले १३—१३ रनको योगदान गरे । पाकिस्तानकी बलर नासरा सन्धुले तीन विकेट लिइन् । त्यसअघि पाकिस्तानका लागि आलिया रियाजले १७ रन बनाएकी थिइन् । कप्तान निदा दरले पनि १४ रन जोडिन् । 

सदाफ सामसले १३ र नतालिया परवेजले ११ रन बनाए । बंगलादेशकी बलर सोरना अख्तरले तीन विकेट लिइन् । सन्जिदा अक्तरले दुई विकेट हात पारिन् । एसियाली खेलकुदमा महिला क्रिकेटको उपाधिका लागि सोमबार नै भारत र श्रीलंकाबीच भिडन्त हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप