आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सुनचाँदीको मूल्य स्थिर

सोमबार, ०८ असोज २०८०, १० : ५१
सोमबार, ०८ असोज २०८०

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीकै मूल्य स्थिर कायम रहेको जानकारी दिएको छ । महासंघले आजको मूल्यसूची तय गर्दै हिजो आइतबारकै मूल्यमा कारोबार भइरहेको जनाएको हो ।

हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ६५० रुपैयाँ कायम थियो । आज सोमबार पनि यही मूल्यमा कारोबार भएको हो ।

शुक्रबारको तुलनामा हिजो आइतबार सुनको मूल्य १०० रुपैयाँले बढेको थियो । यसबाहेक आज चाँदीको मूल्य समेत स्थिर कायम रहेर कारोबारमा आएको छ । यससँगै, आज चाँदीको मूल्य प्रतितोला १४ सय ३० रुपैयाँ छ । हिजो चाँदीको मूल्य ५ रुपैयाँ बढेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप