आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एसियाली खेलकुद : दोस्रो चरणमा पराजित भए टेनिस खेलाडी प्रदिप खड्का

सोमबार, ०८ असोज २०८०, १० : ५४
सोमबार, ०८ असोज २०८०

काठमाडौँ । १९ औं एसियाली खेलकुद प्रतियोगिताको टेनिसमा नेपाली खेलाडी प्रदिप खड्का दोस्रो चरणमा पराजित भएका छन् । पुरुष एकलतर्फको सोमबार भएको दोस्रो चरणको खेलमा उनी जापानी प्रतिद्वन्द्वीसँग पराजित भएका हुन् । 

जापानी खेलाडी सिनतारो मोचिजुकीले प्रदिपलाई ७—५, ६—१ अंकले हराए । प्रदिपले जापानी खेलाडी सिनतारोलाई गतिलो चुनौति दिएका थिए । पहिलो सेटको खेलमा प्रदिपलाई हराउन सिनतारोले निकै संघर्ष गर्नुपर्‍यो ।

पहिलो सेटको खेल ५४ मिनेटसम्म चलेको थियो भने दोस्रो सेटको खेल १९ मिनेटमा सकिएको थियो ।  उनी आइतबार पहिलो चरणको खेलमा टिमोर लिस्टेका एन्टोनियो मेन्डिसलाई हराउँदै दोस्रो चरणमा पुगेका थिए ।

प्रदिपले पहिलो सेटको खेलमा एन्टोनियोलाई ६—० अंकले हराएका थिए । दोस्रो सेटको खेलमा पनि प्रदिप ६—० ले नै विजयी भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप