आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एसियाली खेलकुद : टेनिसको महिला डबल्स र पुरुष एकल स्पर्धामा नेपाली खेलाडी पराजित

सोमबार, ०८ असोज २०८०, ११ : ४५
सोमबार, ०८ असोज २०८०

काठमाडौँ । १९औं एसियाली खेलकुद प्रतियोगिताको टेनिसमा सोमबार महिला डबल्स र पुरुष एकल स्पर्धामा नेपाली खेलाडी पराजित भएका छन् । महिला डबल्सतर्फ नेपाल पहिलो चरणमै पराजित भएको हो । 

नेपाली खेलाडी दक्षिण कोरियाली प्रतिद्वन्द्वीसँग पराजित भएका हुन् । उक्त खेलमा दक्षिण कोरिया ६—१, ६—० अंकले विजयी भयो । महिला डबल्स स्पर्धामा नेपालको तर्फबाट अभिलाषा बिष्ट र माहिका राणाले प्रतिस्पर्धा गरेका थिए । 

दक्षिण कोरियाको तर्फबाट दायोन ब्याक र बोयोङ जेयोङले प्रतिस्पर्धा गरेका थिए । पहिलो सेटको खेल ३५ मिनेटसम्म चलेको थियो भने दोस्रो सेटको खेल १७ मिनेटमै सकिएको थियो । 

यसैगरी पुरुष एकलतर्फ पनि नेपाली खेलाडी पराजित भएका छन् । दोस्रो चरणको खेलमा नेपाली खेलाडी अभिषेक बास्तोलालाई हङ्कङका कोलम्यान वङ् चकले हराएका हुन् । उक्त खेलमा कोलम्यान ६—२, ६—० ले विजयी भएका थिए । 

सोमबार नै नेपालले मिक्स डबल्स स्पर्धामा इन्डोनेसियाको सामना गर्दैछ । यसअघि सोमबार नै पुरुष एकलतर्फको दोस्रो चरणको खेलमा नेपालका प्रदिप खड्का पनि पराजित भएका थिए । जापानी खेलाडी सिनतारो मोचिजुकीले प्रदिपलाई ७—५, ६—१ अंकले हराएका थिए ।

उनी आइतबार पहिलो चरणको खेलमा टिमोर लिस्टेका एन्टोनियो मेन्डिसलाई हराउँदै दोस्रो चरणमा पुगेका थिए । प्रदिपले पहिलो सेटको खेलमा एन्टोनियोलाई ६—० अंकले हराएका थिए । दोस्रो सेटको खेलमा पनि प्रदिप ६—० ले नै विजयी भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप