आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एसियाली खेलकुदको तेस्रो दिन जुडोमा नेपालका तीन खेलाडी पराजित

सोमबार, ०८ असोज २०८०, १२ : ३२
सोमबार, ०८ असोज २०८०

काठमाडौँ । चीनमा जारी १९ औं एसियाली खेलकुद प्रतियोगिताको तेस्रो दिन सोमबार जुडोमा नेपालका तीनजना खेलाडी पराजित भएका छन् । यसअघि आइतबार पनि जुडोमा तीनजना नेपाली खेलाडी पराजित भएका थिए । 

सोमबार महिलातर्फको ५७ केजीभन्दा मुनिको तौलसमूहमा नेपालकी मनिता प्रधान श्रेष्ठ तुर्कमेनिस्तानकी खेलाडी मायसा पारदाएभासँग पराजित भइन् । यसैगरी पुरुषतर्फको ८१ केजीभन्दा मुनिको तौलसमूहमा नेपालका जंगबहादुर सरु पनि पराजित भए ।

फिलिपिन्सका जोन भिरोन फेररले जंगबहादुरलाई हराएका हुन् ।  यसैगरी महिलातर्फको ७० केजीभन्दा मुनिको तौलसमूहमा नेपाली खेलाडी पुनम श्रेष्ठ पनि पराजित भएकी छन्  पुनमलाई मंगोलियाकी खेलाडी नयाम एर्डेन बात्सुरीले हराएकी हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप