आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विश्व स्कूल दुध दिवस कविता प्रतियोगिता गरेर मनाइँदै

सोमबार, ०८ असोज २०८०, १३ : ३८
सोमबार, ०८ असोज २०८०

काठमाडौँ । यसपालीको नवौं विश्व स्कूल दूध दिवस विद्यार्थीबीच खुल्ला कविता प्रतियोगिता गरेर मनाइने भएको छ । राष्ट्रिय दुग्ध विकास बोर्ड, दुग्ध विकास संस्थान (डीडीसी), केन्द्रीय दुग्ध उत्पादक सहकारी संघ र एसोसिएसन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्टस् (अनाज)को संयुक्त सहकार्यमा नेपाल डेरी एसोसियसनले ‘विश्व स्कूल दूध दिवस’ मनाउने भएको हो ।

विद्यालय तहका कक्षा ३ देखि १० सम्मका विद्यार्थीबीच खुल्ला कविता प्रतियोगिता वाचन गरी सो दिवस मनाउने नेपाल डेरी एशोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले बताए । यस्ता कार्यक्रमले बालबालिकाको चौतर्फी विकासका लागि सहयोग पुग्नुका साथै उनीहरूको प्रतिभा प्रस्फुटन गराउन ठूलो  सहयोग पुग्ने विश्वास आफूहरुले लिएको उनले बताए ।

दिवसको अवसरमा कविता वाचन प्रतियोगिता गराउनुको उद्देश्य बालबालिकालाई दुध तथा दुग्ध पदार्थकाबारे जानकारी गराइनु  रहेको पनि उनले बताए । विश्व स्कूल दुध दिवस प्रत्येक वर्ष सेप्टेम्बर महिनाको अन्तिम बुधबार मनाउने गरिन्छ । बुधवार विश्वका कुनै पनि स्कूल बन्द नरहने भएकाले सबै बालबालिकालाई दुधको महत्व बुझाउन र दुग्ध पदार्थबाट कोही पनि बन्चित नहुन भनि यो दिवस मनाउन सुरु गरिएको हो ।

यो वर्ष सेप्टेम्बर २७ तारेखका दिन यो दिवस परेको छ । पहिलोपटक विश्व स्वास्थ संगठनले सन् २००० सेप्टेम्बरबाट  विश्वविद्यालय दुग्ध दिवस मनाउन सुरु गरेको हो । त्यसबेलादेखि एफएओले यो दिवसको प्रवद्र्धन गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप