आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सामाजिक सदभाव र धार्मिक सहिष्णुता कायम राखौं : गृहमन्त्री श्रेष्ठ

सोमबार, ०८ असोज २०८०, १४ : ०३
सोमबार, ०८ असोज २०८०

विराटनगर । संघीय सरकारका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सामाजिक सदभाव र धार्मिक सहिष्णुता कायम राख्न जोड दिएका छन् । विराटनगरमा आज आयोजित सुरक्षासम्बन्धी समसामयिक छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले सामाजिक सद्भाव र सहिष्णुताको रक्षा गर्नुपर्ने बताउँदै अहिले कोशी प्रदेशमा विविधता बीचको एकता, सहिष्णुतालाई कमजोर पार्न खोजिएको देखिएको बताए । यो समस्यालाई राजनीति तबरबाटै नयाँ वातावरण निर्माण गरेर मात्रै हल गर्न सकिने उनले बताए ।

‘अहिले जातीय, भाषिक, सांस्कृतिक र धार्मिक विषयमा सदभाव र सहिष्णुता कायम गर्नु नै मुख्य हो’ उनले भने- ‘यो प्रदेशको समृद्धिको लागि पनि सदभाव र एकता कायम गरेर अगाडि बढ्नुपर्ने आवश्यकता हुन्छ ।’

प्रदेशका चुनौतीलाई राजनीतिक पार्टीले कसरी लिइरहेको छ भनेर कार्यक्रम आयोजना गरिएको उनले बताए । राष्ट्रिय स्वाधिनता, आन्तरिक एकता र आर्थिक विकासमा एकता गरेर जानुपर्ने‌मा उनले जोड दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप