आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
एसियाली खेलकुद

इन्डोनेसियन मुक्केबाजलाई हराउँदै नेपालका रविन अघिल्लो चरणमा

सोमबार, ०८ असोज २०८०, १४ : ४४
सोमबार, ०८ असोज २०८०

काठमाडौँ । चीनमा जारी १९औं एसियाली खेलकुद प्रतियोगिताको तेस्रो दिन सोमबार नेपालका बक्सिङ खेलाडी रविन थापाले जित निकालेका छन् । पुरुषतर्फको ४६ देखि ५१ केजी तौलसमूहको ३२ खेलाडीबीचको भिडन्तमा उनले सफलता हात पारेका हुन् । 

जितसँगै रोविन अन्तिम १६ मा प्रवेश गरेका छन् । उनले सोमबार इन्डोनेसियाका प्रतिद्वन्द्वी दियो कोएबानुलाई अंकका आधारमा ४—१ ले हराए । सोमबार नै नेपालकी विनीता थापामगरले महिला ६० देखि ६६ केजी तौलसमूहमा चाइनिज ताइपेईकी निन चिन चेनको सामना गर्दैछिन् । 

यसैगरी सोमबार नै पुरुष ६३.५ देखि ७१ केजी तौलसमूहमा नेपालका दिपेश लामाले भारतका निसान्त देवको सामना गर्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप