आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
राजनीति

कांग्रेस केन्द्रीय समिति बैठक आज सकिँदै, साढे ४ बजे पत्रकार सम्मेलन

सोमबार, ०८ असोज २०८०, १५ : २२
सोमबार, ०८ असोज २०८०

काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय समिति बैठकका निर्णयको जानकारी गराउन पत्रकार सम्मेलन गर्दैछ । असोज ४ गतेदेखि जारी केन्द्रीय समिति बैठक आज सकिँदैछ ।

बैठकमा एक सयभन्दा बढी केन्द्रीय सदस्यले धारणा राखेका छन् । बैठकले संकटग्रस्त अर्थतन्त्र, वैदेशिक पलायन र महासमिति बैठक लगायतका सन्दर्भमा निर्णय गर्ने बुझिएको छ ।

कांग्रेसले आगामी मंसिर १३, १४ र १५ गतेका लागि महासमितिको बैठक तय गरेको छ । केन्द्री समिति बैठकले महासमिति बैठकको तयारी समिति, राजनीतिक, आर्थिक, सांगठनिक प्रस्ताव निर्माण समिति बनाउने निर्णय गर्ने नेताहरु बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप