आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एसियाली खेलकुद : बास्केटबलमा जापानसँग हार्‍यो नेपाल

सोमबार, ०८ असोज २०८०, १७ : ०७
सोमबार, ०८ असोज २०८०

काठमाडौँ । चीनमा जारी १९औँ एसियाली खेलकुदको महिला यू–२३ थ्री बाई थ्री बास्केटबलमा सोमबार नेपाली टोली पराजित भएको छ । डेजिङ जियोग्राफिक इन्फोर्मेसन पार्कमा भएको समूह ‘बी’ को लिग खेलमा जापानले नेपाललाई २२–४ अंकले पराजित गर्‍यो । 

नेपालका लागि मिना गुरुङ र गरिशा सिलवालले समान दुई–दुई स्कोर गरे । नेपाली टोलीका सहभागी अन्य खेलाडीमा कप्तान श्रेया खड्का र रिन्चेन मोक्तान रहेका छन् ।

समूह ‘बी’ मा चाइनिज ताइपेईं र काजाकिस्तान पनि रहेका छन् । प्रतियोगितामा नेपालले बुधबार काजाकिस्तानसँग र शुक्रबार ताइपेईसँग प्रतिस्पर्धा गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप