आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एसियाली खेलकुद : साइक्लिङमा नेपाली खेलाडी सुरज र उषाले निर्धारित दूरी पूरा गर्न सकेनन्

सोमबार, ०८ असोज २०८०, १७ : १६
सोमबार, ०८ असोज २०८०

काठमाडौँ । चीनमा जारी १९औँ एसियाली खेलकुदको साइक्लिङमा नेपालका सुरज रानामगर र उषा खनालले सोमबार निर्धारित दूरी पनि पूरा गर्न सकेनन् । नेपालका दुवै खेलाडीले माउन्टेन बाइक क्रसकन्ट्री स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । 

उक्त नतिजासँगै एसियाली खेलकुदको साइक्लिङमा नेपालको चुनौती पनि समाप्ता भएको छ । नेपाली टोली मंगलबार स्वदेश फर्कने भएको छ । पुरुषतर्फको २५.५ किलोमिटर दूरी तय गर्ने क्रममा सुरज दोश्रो ल्यापमा घाइते भएको प्रशिक्षक देवेन्द्र बस्नेतले जनाए । 

पाँच ल्यापको प्रतिस्पर्धामा सुरजसँगै फिलिपिन्सका दुई तथा दक्षिण कोरिया र संयुक्त अरब इमिरेट्स (यूएई) का एक–एक खेलाडीले पनि निर्धारित दूरा पार गर्न सकेनन् । उक्त स्पर्धामा चीनका खेलाडीले स्वणर् र रजत पदक जिते । जापानका खेलाडीले कांस्य पदकमा चित्त बुझाए ।

यसैगरी महिलातर्फको २०.५६ किलोमिटर दूरीको स्पर्धामा प्रतिस्पर्धा गर्दा उषालाई ‘हाइपर थर्मिया’ भएको प्रशिक्षक बस्नेतले जनाए । चार ल्यापको प्रतिस्पर्धामा जापानकी अकारी कोबायासीले पनि दूरी तय गर्न सकिनन् ।

उक्त स्पर्धामा पनि चीनका खेलाडीले स्वणर् र रजत पदक जिते । इरानकी खेलाडीले कांस्य हात पारिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप