आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एसियाली खेलकुदको उसुमा नेपाली खेलाडीको निराशाजनक प्रदर्शन

सोमबार, ०८ असोज २०८०, १७ : २४
सोमबार, ०८ असोज २०८०

काठमाडौँ । चीनमा जारी १९ औँ एसियाली खेलकुदको उसुको थाउलोअन्तर्गत महिला छाङ्छ्वान स्पर्धामा नेपाली खेलाडी सुस्मिता तामाङ आठौं भएकी छन् ।

उनी प्रतिस्पर्धामा सहभागी  ११ खेलाडीमध्ये आठौं भएकी हुन् । उनले ९.४१० अंक जोडेकी थिइन् । थाउलोकै पुरुष ताजिक्वान स्पर्धामा नेपाली खेलाडी पासाङ शेर्पा अन्तिम स्थानमा रहे ।

उक्त स्पर्धामा १८ जना खेलाडी सहभागी थिए ।  उनले ९.०१३ अंक स्कोर गरेका थिए ।

अर्को स्पर्धा ताइजिजियानमा पनि प्रतिस्पर्धा गरेका पासाङ १८ खेलाडीमध्ये १७ औँ स्थानमा रहे । उनले ८.९७३ अंक ल्याएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप