आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एसियाली खेलकुदमा नेपाली फेन्सिङ खेलाडीको खराब प्रदर्शन

सोमबार, ०८ असोज २०८०, १७ : २८
सोमबार, ०८ असोज २०८०

काठमाडौँ । चीनमा जारी १९ औँ एसियाली खेलकुदको तेस्रो दिन सोमबार फेन्सिङमा कुनै पनि नेपाली खेलाडीले जित हात पार्न सकेनन् । फेन्सिङको स्पर्धा चीनको हाङ्झाव डायान्जी विश्वविद्यालयको जिम्नाजियमा भएको हो । 

पुरुषतर्फको साब्रे व्यक्तिगत स्पर्धामा नेपालका पायस योञ्जनले पाँचवटै खेलमा पराजय ब्यहोरे । पायस कजाकिस्तानका अर्टोक सर्किस्यान र हङ्कङका हो थिन लोसँग ५(० अंकसँग पराजित भएका हुन् ।

उनी उज्वेकिस्तानका सर्जोद ममुतोभ, इरानका पाक्दामान ईस्माइल जादेह र साउदी अरेबियाका अदेल मुख्लिद अल्मुलाइरीसँग समान ५–१ ले पराजित भएका थिए । 

पुरुषतर्फको साब्रे व्यक्तिगत स्पर्धामै नेपालका राजेन्द्र गजुरेल कुवेतका मोहम्मद अब्दुल करिमसँग ५–२ ले पराजित भए । उनी हङ्कङका लोन आरोन हो स्जे, चीनका यिनगुई यान, भियतनामका भान एनगुएन, दक्षिण कोरियाका सानगुक हो र जापानका काइलो स्ट्रिटसँग समान ५–० ले पराजित भएका थिए । हारसँगै उनको एसियाड यात्रा समूहगत चरणमै सिमित भयो । 

यसैगरी महिला फोइल व्यक्गिततर्फ पनि नेपालकी मन्दिरा थापाको यात्रा समूह चरणमै टुंगियो । उनी हङ्कङकी नोक डाफी चेन, जापनकी सिरा अजुमा र दक्षिण कोरियाकी हियो जिन होङ्सँग समान ५–० ले पराजित भइन् ।

उनी मकाउकी हियो ल्याम कुसँग ५–१ र थाइल्यान्डकी चायदा सुकुलसँग पनि ५३ ले पराजित भइन् । अर्की नेपाली खेलाडी गोमा आर्चाय पनि समूह चरणबाट बाहिरिइन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप