कपिलवस्तुमा पोखरीमा डुबेर एक बालकको मृत्यु
सोमबार, ०८ असोज २०८०, १७ : ४५
बुटवल । कपिलवस्तुको बुद्ध भूमि नगरपालिकामा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ ।
सोमबार नगरपालिकाको वडा नम्बर २ बकडरीया बस्ने तीन वर्षीय हारजित थारुको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक नरेश बहादुर शाहीका अनुसार पोखरी नजिक खेल्ने क्रममा उनी पोखरीमा डुबेका थिए ।
मृतक बालक आधारभूत विद्यालय बकडरियामा बाल विकासमा अध्ययनरत रहेका थिए ।