आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एसियाली खेलकुदमा चीनको वर्चस्व कायमै

सोमबार, ०८ असोज २०८०, २० : ०७
सोमबार, ०८ असोज २०८०

हाङ्झाउ । आयोजक राष्ट्र चीनले सोमबार पनि एसियाली खेलकुदमा आफ्नो वर्चस्व कायम गरेको छ । हालसम्म ६० वटा पदक जितेर चीनले आफ्नो अपराजित यात्रालाई जारी राखेको छ । 

पछिल्लो पदक तालिकाअनुसार चीनले पौडीमा ९, साइक्लिङमा २, जिम्न्यास्टिकमा १, रोइङमा ११, मोडर्न पेन्टल्थुनमा २, सुटिङमा ५, उसुमा ३ र स्केट बुर्डिङमा १ गरी ३४ स्वर्णसहित ६० वटा पदक हात पारेको छ । 

पदक तालिकामा दोस्रो स्थानमा रहेको कोरियाले ८ स्वर्ण, ८ रजत र ११ वटा कांस्य पदक जितेको छ भने दक्षिण कोरियालाई पछ्याउँदै जापानले ५ स्वर्ण, १२ रजत र ११ वटा कांस्य पदकमा आफ्नो कब्जा जमाएर तेस्रो स्थान सुरक्षित गरेको छ । 

उज्वेकिस्तानले ४ स्वर्ण, चार रजत र ४ कांस्यमा चित्त बुझाएको छ भने ३ स्वर्ण, ४ रजत र ७ कांस्यसहित पदक तालिकामा पाँचौँ स्थानमा रहेको छ । सुटिङ र क्रिकेटमा २ स्वर्ण पदक हासिल गरेको भारतले ३ वटा रजत र ६ वटा कांस्य पदक प्राप्त गरेर छैटौँ स्थानमा आफूलाई समेटेको छ ।-(रासस/सिन्ह्वा) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप