आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सेगवेको नयाँ शोरुम अब चितवन र बुटवलमा

मङ्गलबार, ०९ असोज २०८०, ०९ : ०३
मङ्गलबार, ०९ असोज २०८०

चितवन । सेगवे–नाइनबोटको नेपालका लागि आधिकारिक वितरक आईहब प्रा.लि.ले चितवन र बुटवलमा नयाँ शोरुम उद्घाटन गरेको छ । यी शोरुमहरू लोक सुशीला मोटर प्रा. लि, कालिका चोक, बुटवल र युनाइटेड अटो कन्सर्न प्रा. लि, हाकिमचोक, भरतपुरसंगको सहकार्यमा सञ्चालनमा ल्याएको हो ।  

बुटवल र चितवनका शोरुमहरुमा अत्यधिक लोकप्रिय एन–१००, ई–१००, ई–११०एल र ई–१२५ मोडलहरू सहित सेगवेका उत्पादनहरूको सम्पूर्ण रेन्ज उपलब्ध हुनेछ । यस विस्तृत विकल्पहरूको प्रदर्शनीले ग्राहकहरूलाई आफ्नो आवश्यकताअनुसार शीर्ष मोडेल छनोट गर्न सहज हुनेछ ।

सेगवेले, भव्य उद्घाटनको उपलक्ष्यमा, चितवन र बुटवल क्षेत्रका ग्राहकहरूलाई विशेष अफरहरूको साथ शोरुम भ्रमण गर्न आमन्त्रित गरेको छ । उद्घघाटन अफर अन्र्तगतयी शोरुमहरुमा सेगवे ई–स्कूटरहरुको विशेष मूल्य तोकेका छन् । ग्राहकहरूले यो अवसर नगुमाई किफायिती मूल्यमा आफ्नो रोजाइको विशिष्ट सेगवेका उत्पादनहरू खरिद गर्न सक्ने छन् ।  

यी शोरुमहरु बाट ग्राहकहरूले सेगवेका नवीन उत्पादनहरूको खरिद मात्र नभएर यसको ब्याट्री रेन्टल, ब्याट्री स्वाप, र तीव्र चार्जिङ सपोर्ट लगायत सेवाहरूको विस्तृत रुपमा फाइदा लिन सक्ने छन् । शोरुममा यी सेवाहरू उपलब्ध गर्नुको मुख्य कारण सेगवेका ग्राहकहरूले कुनै अवरोध बिनाआफ्नो व्यक्तिगत यातायात साधनहरूको आनन्दलिन सकोस् भन्ने सुनिश्चितगर्न समावेश गरिएको हो ।  

शोरूमकाआगन्तुकहरूले जानकार कर्मचारीहरूबाट विशेषज्ञ निर्देशन प्राप्त गर्दै सेगवेको लोकप्रिय इलेक्ट्रिक स्कुटरहरू, व्यक्तिगत ट्रान्सपोर्टरहरू, र अन्यमौलिक साधनहरूको टेस्ट–ड्राइभ गर्ने अवसर पाउनेछन् । विस्तृत सुविधाहरू र नवीनतम सेगवे स्कुटरहरूको पर्याप्त स्टक भण्डारणको साथ, बुटवल, चितवन र वरपरका क्षेत्रहरूमा ग्राहकहरूले सजिलैसँग आफ्नो मनपर्ने सेगवे उत्पादनहरू पाउन र खरिद गर्न सक्छन् ।

यी शोरुमहरूको संचालनसँगै आईहबप्रा.लि. ले नेपालमा दिगो र प्रभावकारी व्यक्तिगत यातायात साधनहरूलाई थप प्रवर्द्धन गर्दै सेगवेका उत्साहीहरूलाई उच्च स्तरका उत्पादन र सेवाहरू उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।

सेगवे व्यक्तिगत यातायात साधनको लागि एक विश्वव्यापी अग्रणी प्रदायक हो । जसले मानिसहरुलाई प्रभावकारी, दिगो र रमाइलो यात्रागर्न नवीन उत्पादनहरू सिर्जना गरेको छ । आफ्ना रोमाञ्चक उत्पादनहरू सार्वजनिक सँगै, सेगवेले मोबिलिटी क्रान्ति र नवीन साधनहरुका साथ नेपालको सवारीसाधन बजारमा थप विस्तार गर्ने लक्ष्य राखेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप