आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
तस्बिरमा हेर्नुहोस् सिटी बजाएर राहत शिक्षकहरूको आन्दोलन

तस्बिरमा हेर्नुहोस् सिटी बजाएर राहत शिक्षकहरूको आन्दोलन

मङ्गलबार, ०९ असोज २०८०

काठमाडौँ । आन्दोलनमा रहेका शिक्षकहरूले मंगलबार सिटी बजाएर प्रदर्शन गरेका छन् ।  

आन्दोलनमा रहेका राहत शिक्षक, बालविकास शिक्षक, पेन्सन वञ्चित शिक्षक लगायतले मंगलबार  सिटी बजाउर आन्दोलन गरेका हुन् । उनीहरुले काठमाडौँको माइतिघरदेखि बानेश्वर सडकखण्डमा सिटी बजाएर आफ्ना माग पुरा गर भन्दै नारा लगाएका छन् ।  

गत असोज ७ गते नेपाल शिक्षक महासंघ र सरकारबीच ६ बुँदे सम्झौता भएको थियो । उक्त सम्झौतामा आफूहरूले उठान गरेका माग सम्बोधन नगरिएको भन्दै राहत शिक्षक लगायतले आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेका थिए । उनीहरूले सत प्रतिशत स्थायीको माग राख्दै आएका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया