आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

स्वच्छ खानेपानी सबै जनताको पहुँचमा पुर्‍याउनुपर्छ : मन्त्री भण्डारी

मङ्गलबार, ०९ असोज २०८०, १४ : ०५
मङ्गलबार, ०९ असोज २०८०

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले स्वच्छ खानेपानी सबै जनताको पहुँचमा पुर्‍याउनुपर्ने राज्यको दायित्व भएको बताएका छन् ।  

मंगलबार खानेपानी सरसफाइ तथा स्वच्छता संयुक्त क्षेत्रगत समीक्षा राष्ट्रिय सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले स्वच्छ खानेपानी तथा सरसफाइ हाँसिल गर्ने यात्रामा चुनौती र अवसरहरु खोजी गर्दै प्रगति र समतामूलक विकासतर्फ डोर्याउन आवश्यक रहेको बताए । 

मन्त्री भण्डारीले नेपालमा वास क्षेत्रको भविष्यलाई आकार दिन आवश्यक रहेको बताए । उनले सरकारले बनाउने योजना जनसंख्याको आधारमा हुनुपर्ने बताए ।

मन्त्री भण्डारीले सहरी विकास र खानेपानीको अन्योन्याश्रित सम्बन्ध रहेको बताउँदै दुवै क्षेत्रलाई व्यवस्थित बनाउँदै लैजानुपर्ने बताए ।

 

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप