आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एमाले कर्णाली प्रदेश अधिवेशनको तयारी पूरा

मङ्गलबार, ०९ असोज २०८०, १४ : ४६
मङ्गलबार, ०९ असोज २०८०

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ ‌।

मंगलबार सुर्खेतमा पत्रकार सम्मेलन गर्दै एमाले प्रदेश अध्यक्ष विनोदकुमार शाहले अधिवेशनको तयारी पूरा भएको जानकारी दिएका हुन् । बुधबार दिउँसो १ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीले अधिवेशनको उद्घाटन गर्ने छन् ।

कर्णाली प्रदेश अधिवेशनको उद्घाटन सत्रमा एमाले महासचिव शंकर पोखरेल पनि सहभागी हुनेछन् ।

शाहले भने,'अधिवेशनलाई एउटा अवसरको रुपमा लिएका छौँ । तयारीका लागि एमाले प्रदेश तहको सम्पूर्ण शक्ति‌ लागिरहेको छ।'

यस्तै शाहले कर्णाली प्रदेशमा नयाँ नेतृत्व सर्वसहमतिले चयन गर्ने प्रयास भइरहेको बताए ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप