आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एसियाली खेलकुद : उसुमा पदकबाट चुके नीमा र दीपक

मङ्गलबार, ०९ असोज २०८०, १५ : ००
मङ्गलबार, ०९ असोज २०८०

काठमाडौँ । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको महिला उसुमा नेपालकी नीमा घर्तिमगर दशौँ भएकी छन् । महिला नानक्वान नीमा ९.१४० स्कोरसहित दशौँ स्थानमा रहेकी हुन् । उक्त स्पर्धामा ११ जना खेलाडीले सहभागिता जनाएका थिए । 

सहभागी खेलाडीमध्ये इरानकी मीना दोर्चेह फनाहीले भने खेल पुरा गर्न सकिनन् । उक्त स्पर्धामा आयोजक चीनकी हुइयिङ चेन पहिलो स्थानमा रहिन् । उनले कुल ९.७९० स्कोर गरिन् । मलेसियाकी चेओङ मिन तान ९.७०३ स्कोरसहित दोस्रो स्थानमा रहिन् । उज्बेकिस्तानकी दार्या लातिसेभा ९.७०० स्कोरसहित तेस्रो स्थानमा रहिन् । 

deepak hamal, wushu, 1deepak hamal, wushu, 2deepak hamal, wushu, 3deepak hamal, wushu, 4deepak hamal, wushu, 5deepak hamal, wushu, 6

यसैगरी महिला उसुको नानदाओ स्पर्धाको फाइनल चरणमा नीमा सहभागी ११ खेलाडीमध्ये आठौँ स्थानमा आइन् । उनले कुल ९.५६३ स्कोर गरेकी थिइन् । भियतनाम र इरानका खेलाडीहरू नीमाभन्दा पछाडि रहे । 

उक्त स्पर्धामा चीनकी हुइयिङ चेनले स्वर्ण पदक जितिन् । मलेसियाकी चेओङ मिन तानले रजत पदक हात पारिन् । उज्बेकिस्तानकी दार्या लातिसेभाले कांस्य पदक प्राप्त गरिन् । 

यसैगरी पुरुष नानगुन स्पर्धामा नेपालका दीपक हमाल १५औँ स्थानमा रहे । उनले ९.५४६ स्कोर गरेका थिए । उक्त स्पर्धामा २० जना खेलाडीको सहभागिता रहेको थियो । उक्त स्पर्धामा इन्डोनेसियाका ह्यारिस होरातिउसले स्वर्ण, दक्षिण कोरियाका योङ्मुन लीले रजत र मकाउका जुनहुआ हुआङले कांस्य पदक जितेका थिए ।

nima gharti magar, wushu 1nima gharti magar, wushu 2nima gharti magar, wushu 3nima gharti magar, wushu 4nima gharti magar, wushu 5

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप