आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राउटेलाई दशैँ खर्च प्रदान

मङ्गलबार, ०९ असोज २०८०, १५ : ०६
मङ्गलबार, ०९ असोज २०८०

दाङ । लुम्बिनी प्रदेश सरकार अर्थ मन्त्रालयले राउटे समुदायलाई दशैँ खर्च उपलब्ध गराएको छ । मङ्गलबार दशैँ खर्च माग गर्दै मन्त्रालय पुगेका राउटेलाई दशैँ खर्च उपलब्ध गराइएको हो । 

अर्थमन्त्री धनबहादुर मास्कीले दशैँ खर्च बापत रु २५ हजार उपलब्ध गराएका हुन् । सुर्खेतबाट आएका राउटेका मुखिया विर्खबहादुर शाही, लालबहादुर शाही र जीवन शाहीलाई उक्त रकम हस्तान्तरण गरिएको हो ।

उनीहरु प्रत्येक वर्ष तीज, दशैँ र तिहारमा सरकारसँग खर्च माग गर्दै आएका छन् । केहीदिनदेखि उहाँहरु दाङ र यसका आसपासका सरकारी कार्यालयमा गई दशैँ खर्च माग्दै आएका थिए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप