आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कर्णालीमा एमाले अधिवेशन: ६०४ जना प्रतिनिधिले भाग लिने

उद्घाटनमा ५ हजार जनालाई सहभागी गराइने लक्ष्य
मङ्गलबार, ०९ असोज २०८०, १६ : १८
मङ्गलबार, ०९ असोज २०८०

सुर्खेत । बुधवारदेखि कर्णालीको राजधानी वीरेन्द्रनगरमा हुने नेकपा एमालेको प्रदेश अधिवेशनमा ६०४ जना प्रतिनिधिहरूले भाग लिने भएका छन् ।

प्रदेश अध्यक्ष विनोदकुमार शाहका अनुसार १० जिल्ला र मोर्चा/संगठनको गरी ६०४ जना प्रतिनिधिले भाग लिनेछन् । जसअनुसार १९५ जना महिला र ४०७ जना पुरुष रहनेछन् । 

अधिवेशनमा ७३ जना पुरुष, ३८ जना महिला गरी १११ जना दलित प्रतिनिधित्व रहनेछ । जिल्लागत प्रतिनिधित्व भूगोल अन्तर्गत सुर्खेतबाट ११२, जाजरकोट ७५, दैलेख ७४, कालिकोट ६५, हुम्ला ४८, जुम्ला ४८, डोल्पा ३९, मुगु ३३, रुकुम पश्चिम २३ गरी ५५४ जना प्रतिनिधि रहेका छन् । विभिन्न २२ वटा मोर्चा तथा संगठनका ५० जनाको प्रतिनिधित्व रहने शाहले बताए ।

बुधवार दिउँसो १ बजे उद्घाटन हुने अधिवेशनबाट ५ जना पदाधिकारीसहित १३५ सदस्यीय कमिटी निर्वाचित हुने छ ।

यस्तै उद्घाटन कार्यक्रममा ५ हजार जनाको सहभागिता गराइने लक्ष्य रहेको अध्यक्ष शाहले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप