आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

झापाबाट खैरो हेरोइनसहित ३ जना पक्राउ

मङ्गलबार, ०९ असोज २०८०, १६ : ३३
मङ्गलबार, ०९ असोज २०८०

काठमाडौँ । प्रहरीले झापाबाट खैरो हेराइनसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका–११ घर भएका २९ वर्षीय साजन राई, ३५ वर्षीय सुन्दर लावती र बिर्तामोड नगरपालिका–६ बस्ने सुजन विश्वकर्मा छन् ।

खैरो हेरोइनसहित उनीहरूलाई सोमबार साँझ पक्राउ गरिएको झापाका एसपी दुर्गाराज रेग्मीले रातोपाटीलाई बताए । साजन र सुन्दरको साथबाट प्रहरीले ९ ग्राम ७ सय ७० मिलिग्राम खैरो हेरोइन बरामद गरेको छ ।

सुजनको साथबाट १ ग्राम खैरो हेरोइन बरामद गरिएको एसपी रेग्मीले जानकारी दिए । आरोपीतहरुबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप