आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
सहुलियत पसल

असोज २१ देखि दशैं लक्षित सहुलियत पसल, के–के पाइन्छ ?

मङ्गलबार, ०९ असोज २०८०, १७ : ३६
मङ्गलबार, ०९ असोज २०८०

काठमाडौँ । सरकारले असोज २१ गतेदेखि दशैं, तिहार र छठ लक्षित सहुलियतपूर्ण पसल सञ्चालनमा ल्याउने भएको छ । सरकारले असोज २१ गतेदेखि मंसिर ३ गतेसम्म करिब डेढ महिनाको अवधिमा सहुलियतपूर्ण पसल सञ्चालनमा ल्याउन लागेको हो ।

सरकारले प्रत्येक वर्षको दशैं र तिहार लक्षित सहुलियतपूर्ण पसल सञ्चालन गर्दै आइरहेको छ । यसपटकको दशैंमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनले सहुलियतपूर्ण पसल सञ्चालन गर्नेछन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनीले देशभरको ४८ स्थानमा सहुलियत पसल सञ्चालन गर्नेछ । यसका लागि ४२ विभिन्न जिल्ला छानिएको छ । यसबाहेक, साल्ट ट्रेडिङले ३५ स्थानमा सहुलियतपूर्ण पसल सञ्चालनमा हुनेछ ।

सरकारले चालू आर्थिक वर्षमा सहुलियतपूर्ण पसलका लागि भनेर २ करोड ३२ लाख २० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले सरकारले यही असोज २१ गतेदेखि करिब डेढ महिनासम्मका लागि सहुलियत पसल सञ्चालनमा आउने बताए ।

सरकारले सञ्चालन गर्ने पसलमा जिउँदा खसी/च्याङ्गा, मोटा/मसिनो चामल, दाल, गहुँ, आँटा, पिठो, मैदा, तोरीको तेल, सूर्यमुखी तेल, भटमास तेल, चिउरा पाइन्छ । यस्तै, यस्तै, कर्णालीको सिमी÷गेडागुडी, फापरको दाना, चिनो, कागुनो र उवा, चिनी, नुन र अन्य प्रकारका खाद्य वस्तु समेत सहुलियत पसलमा राखिने सरकारले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप