आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
अधिवेशन

बागमती एमालेले भन्यो– नेताहरु काठमाडौँमा बस्ने प्रवृत्तिले समस्या बढ्यो

मङ्गलबार, ०९ असोज २०८०, १७ : ४१
मङ्गलबार, ०९ असोज २०८०

काठमाडौँ । नेकपा एमाले बागमती प्रदेशले भूगोल कमिटीमा रहेका नेताहरु अधिकांश समय काठमाडौँ उपत्यकामै बस्दा समस्या भएको निष्कर्ष निकालेको छ । 

प्रदेश कमिटी अध्यक्ष केशवराज पाण्डेले प्रथम अधिवेशनमा पेश गरेको प्रतिवेदनमा पार्टीभित्रका समस्या औँल्याइएको छ । पाण्डेको प्रतिवेदनमा १८ समस्या बुँदागत रुपमा समेटिएको छ । 

जसमा पार्टी कमिटीहरु ठुला भएका कारण बैठकमा कोरम नपुग्ने, कार्यायोजना नबन्नेदेखि कमिटीमा दोहोरो छलफल नै हुन छाडेको उल्लेख छ । त्यस्तै युवा पुस्तामा पार्टी आकर्षण कमजोर रहेकाले आन्दोलनका आगामी दिनहरु चुनौतीपूर्ण रहेको भन्दै राजनीतिक वैचारिक प्रशिक्षणको अभावमा पार्टी पंक्तिमा दिशाहीन बन्ने खतरा रहेको पनि उल्लेख छ । 

त्यसैगरी प्राय कमिटीहरु माथि र निर्देशनमुखी हुँदा आफै योजना बनाएर परिचालित हुने अवस्था अत्यन्त कमजोर हुँदै गएको पनि समस्याका रुपमा देखाएको छ । 

‘कार्यकर्तामा योग्यता, क्षमता, क्रियाशीलता, इमान्दारिता र जनाधारभन्दा नेतृत्वसँग नजिकिएर लाभ लिन खोज्ने प्रवृत्ति बढ्दो छ’, प्रतिवेदनमा भनिएको छ, ‘उपत्यका बाहिरका कतिपय भूगोल, कमिटी रहेका कमरेडहरु अधिकांश समय उपत्यकामा बस्ने, एउटा बैठकदेखि अर्को बैठकसम्म र एउटा अधिवेशनदेखि अर्को अधिवेशनमा मात्र उपस्थित हुने प्रवृत्तिले पार्टी काममा नकारात्मक प्रभाव परेको छ ।’

12

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप