आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एनएसएलमा मार्की खेलाडीको रूपमा विशाल श्रेष्ठ एफसी चितवन क्लबमा आबद्ध

मङ्गलबार, ०९ असोज २०८०, १७ : ५०
मङ्गलबार, ०९ असोज २०८०

काठमाडौँ ।  नेपाल सुपर लिग (एनएसएल) फुटबलको आउँदो सिजनका लागि नेपालको राष्ट्रिय टोलीका गोलकिपर विशाल श्रेष्ठ मार्की प्लेयरको रूपमा एफसी चितवन क्लबमा आबद्ध भएका छन् । गेम वान प्रा.लि. अन्तर्गतको एफसी चितवन क्लबका अध्यक्ष सचिन ढकाल र गोलकिपर विशाल श्रेष्ठबिच सहमति भएको हो । 

नेपालको पहिलो फ्रेन्चाइज फुटबल लिगको रूपमा रहेको नेपाल सुपर लिग (एनएसएल)  मङ्सिर ८ देखि पुस १४ गते सम्म दशरथ रङ्गशाला काठमाडौँमा आयोजना हुँदैछ । एनएसएलमा नेपालका ९ वटा फ्रेन्चाइज टिमहरू एफसी चितवन, काठमाडौँ रेन्जर्स, ललितपुर सिटी एफसी, पोखरा थण्डर्स, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, वीरगन्ज युनाइटेड, झापा एफसी र स्पोर्टिङ इलाम टिमले प्रतिस्पर्धा गर्दै छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप