आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
एमाले प्रदेश अधिवेशन

एमाले बागमती प्रदेश अधिवेशनको निर्वाचन कार्यक्रम बुधबार बिहानदेखि सुरु हुने

मङ्गलबार, ०९ असोज २०८०, १९ : ०६
मङ्गलबार, ०९ असोज २०८०

काठमाडौँ । नेकपा एमाले बागमती प्रदेश अधिवेशनको निर्वाचन कार्यक्रम बुधबार बिहान ८ बजेदेखि सुरु हुने भएको छ । 

पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोमबार उद्घाटन गरेको बागमती प्रदेश अधिवेशनको  निर्वाचन कार्यक्रम बुधबार बिहान ८ बजेदेखि मात्रै सुरु हुने भएको हो । एमाले बागमतीले विद्युतीय मेसिनबाट मतदान गर्ने भएको छ । जसमा एक पटकमा ४४ जनाले मतदान गर्नसक्ने एमालेले जनाएको छ । यस्तै एक जनालाई मतदान गर्न करिब २० देखि २५ मिनेट लाग्ने जनाइएको छ । 

मतदान भने बिहीबार बिहान ८ बजेदेखि सुरु हुने नेताहरुले बताएका छन् । एमाले बागमती प्रदेश कमिटीको नेतृत्व सहमतिमै चयन गर्ने प्रयास असफल भएपछि निर्वाचन गर्न लागेको हो । अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिवसहित २४० सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ । 

मंगलबार बन्दसत्रमा प्रदेश कमिटी अध्यक्ष केशवराज पाण्डेले प्रतिवेदन पेश गरेका थिए । १३ जिल्ला र जनसंगठन विभागसहितको ७ समूहमा प्रतिवेदनमाथि छलफल सकेर टोली नेताले प्रतिवेदनमा उठाएका प्रश्नको अध्यक्ष पाण्डेले जवाफ दिएका थिए । 

सो प्रतिवेदन बन्दसत्रबाट पास भएको छ । एमाले बागमती प्रदेशमा ४० वर्ष मुनीकालाई छुट्टै क्लष्टर र १५ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्न नेताहरुले माग गरेका छन् । बन्दसत्रमा जनसंगठन परिचालन निर्देशिका भने बनेन ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप