आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बझाङमा आगलागीबाट पाँच पसल जले

मङ्गलबार, ०९ असोज २०८०, २१ : १०
मङ्गलबार, ०९ असोज २०८०

बझाङ ।  तल्कोट गाउँपालिका–५ खौला बजारमा आगलागी हुँदा पाँच पसल जलेर नष्ट भएका छन् । आज स्थानीय उत्तम चँदाराको मोबाइल ग्यालरीबाट ग्यास पड्केर आगो लाग्दा पाँच पसल जलेर नष्ट भएका हुन् । तल्कोट गाउँपालिका अध्यक्ष कलक रोकायाका अनुसार दिउँसो लागेको आगलागी करिब डेढ घण्टापछि मात्रै नियन्त्रणमा आएको थियो ।

आगलागीबाट दुई वटा पक्की घरमा व्यवसाय गरिरहेका पाँच व्यवसायीका पसलहरू सामानसहित जलेका छन् । स्थानीय पदम भण्डारीको पसल, एक सुनचाँदी पसल, एक हाते होजीयारी, मीनबहादुर भोटेको पसल र अञ्जली सिंहको पक्की घरसहित पसल नष्ट भएको गाउँपालिका अध्यक्ष रोकायाले बताए । उनका अनुसार आगलागीबाट करोडभन्दा बढीको नोक्सान भएको अनुमान गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप