आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
एसियाली खेलकुद

टी—२० क्रिकेटमा नेपाली टोली अर्को कीर्तिमान नजिक

बुधबार, १० असोज २०८०, ०९ : ३०
बुधबार, १० असोज २०८०

काठमाडौँ । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटमा नेपाली टोलीले दिएको विश्व कीर्तिमानी लक्ष्य पछ्याइरहेको मंगोलियाले दश ओभरमा ६ विकेट गुमाएर ३२ रन मात्र बनाउन सकेको छ । 

नेपालले पहिले ब्याटिङ गर्दै मंगोलियालाई तीन सय १५ रनको लक्ष्य दिएको थियो । नेपाली बलर अविनाश बोहरा र करण केसीले दुई—दुई विकेट लिएका छन् । सोमपाल कामीले पनि एक विकेट हात पारेका छन् । 

टी—२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा ठुलो अन्तरको जितको कीर्तिमान हालसम्म चेक गणतन्त्रको नाममा छ । चेक गणतन्त्रले सन् २०१९ को अगस्त ३० मा खेलिएको खेलमा टर्कीलाई दुई सय ५७ रनले हराएको थियो । नेपालले यो कीर्तिमान पनि तोड्ने सम्भावना छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप