आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मानवसेवा आश्रमका लागि बेलायतबाट एक करोेड दुई लाख सहयोग

बुधबार, १० असोज २०८०, ०९ : ४७
बुधबार, १० असोज २०८०

काठमाडौँ । मानवता प्रवर्द्धनको लक्ष्य राख्दै मानवसेवा आश्रमले सेप्टेम्बर ६ देखि शुभारम्भ गरेको बेलायत यात्राका क्रममा उल्लेखनीय सहयोग प्राप्त भएको छ । 
यात्राको क्रममा मातृत्व र मातृभूमिको सम्मानमा बेलायतको ५ स्थानमा आमा सेमिनार प्रस्तुत भएको छ । बेलायतबासी नेपाली मनहरुमा माता पिता, मातृभूमि, शिक्षा दिने गुरुजनको गरिमा र महत्व बोध गराउन सेमिनार सफल भएको आश्रमले जनाएको छ । 

मानवसेवा आश्रम यूके च्यापटर संयोजक सुनिल बाबु खड्काले बेलायतबाट आश्रमका लागि १ करोड २ लाख रुपैयाँ सहयोग जुटेको बताए । 
चितवन स्थायी घर भई क्रोनवाल यूके निवासी हेमकान्त सेढाईं र सीता शर्माले एक थान एम्बुलेन्स सहयोगको घोषणा गरेका छन् । 

जसमध्ये मानवसेवा आश्रमको नेपालको विभिन्न स्थानमा निर्माण भइरहेको भवनकोे एक कोठा निर्माण सहयोगका लागि ९ जना उदारमनाहरुले रु. ५,११,१११ का दरलेसहयोग गरेका छन् । यसरी ५,११,१११ सहयोग गर्नेहरुमा राजु आचार्य, उत्सव विष्ट र खिमलाल खरेल, चन्द्र अर्याल र राधा अर्याल, दीपक ढकाल, अमृत सेढाईं, खिम खत्री, विक्रम भट्टराई र पवित्रा भट्टराई, सुरेश केसी र दयानिधि सापकोटा रहेका छन् ।   
यस्तै १४ जनाले रु १,११,१११ रुपैया योगदान गरी मानवसेवा आश्रमको आजीवन बार्षिक भोजनसेवा सदस्यता ग्रहण गरेका छन् । यसरी १ लाख ११ हजार १ सय ११ योगदान गर्नेहरुमा समाजसेवी बच्चु कैलाश कैनी, उत्सव विष्ट र खिमलाल खरेल, रामकृष्ण अर्यालय, लभ गौतम, प्रकाश कंडेल, प्रकाश श्रेष्ठ, सूर्य हमाल, लाल शिवयोगी, अप्सरा श्रेष्ठ, क्याट यूके रविन्द्र शर्मा,  प्रकाश चन्द्र भण्डारी र कोपिला खड्का भण्डारी, गोकुल खरेल लगायत छन् ।  

DSCF9316-2

यस्तै तुलसी फूयाल,सागर भट्टराई, उत्वस विष्ट र खिमलाल खरेलले मानवसेवा आश्रमको संरक्षणमा रहेका एक बालबालिकाको पालनपोषण र शिक्षा दिक्षाको लागि मासिक ८ हजार रुपैया र राजु आचार्यले दुई आमाबुबाको पालनपोषणको लागि मासिक प्रतिव्यक्ति ५ हजार रुपैया योगदान गर्नेगरी बेसहाराको अभिभावकत्व ग्रहण गरेका छन् ।   

मानवसेवा आश्रम सहयोगार्थ मासिक १० पाउण्ड योगदान अभियान अन्र्तगत ४० जनाले सदस्यता लिएका छन् । यो संख्या ३६५ जना पु¥याई कम्तिमा नेपालमा सञ्चालनमा रहेका एक सेवा केन्द्रको मासिक खर्च बेलायतबासी उदारमनाहरुबाट जुटाउने आश्रमका अभिभावक अमृत सेढाईंले बताए ।  

सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने संकल्पलाई पूरा गर्न मानवसेवा आश्रम यूके च्यापटर गठन भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप