आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विद्यालय शिक्षा विधेयकबारे कांग्रेसले आज शिक्षाविद्को राय लिँदै

बुधबार, १० असोज २०८०, १० : ५९
बुधबार, १० असोज २०८०

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलले विद्यालय शिक्षा विधेयकबारे शिक्षाविद्सँग छलफल गर्दै छ । कांग्रेस संसदीय दलले बुधबार दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा शिक्षाविद्सँग छलफल गर्न लागेको हो ।

कांग्रेसले छलफलमा शिक्षाविद् विद्यानाथ कोइराला, जनार्दन नेपाल, धनञ्जय शर्मा, राजेन्द्र दाहाल, शिक्षा विभागका महानिर्देशक दीपक शर्मा र शिक्षा मन्त्रालयका सहसचिव हरि लम्साललाई  बोलाएको छ ।

मंगलबार पनि कांग्रेसले शिक्षा विधेयकबारे सरोकारवाला निकायसँग छलफल गरेको थियो । छलफलमा कांग्रेसका प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसदहरूको पनि उपस्थिति रहँदै आएको छ । सरकारले संसद्‍मा दर्ता गरेको शिक्षा विधेयकविरुद्ध शिक्षकहरू आन्दोलित छन् । सरकार र शिक्षकबिच ६ बुँदे सहमति भए पनि राहत शिक्षकको आन्दोलन जारी छ । विधेयकलाई सर्वस्वीकार्य बनाउन पहल गर्ने केन्द्रीय समिति बैठकबाट कांग्रेसले प्रतिबद्धता जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप