आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
राजनीति

एमाले बागमती अधिवेशनको मतदान ४० वटा विद्युतीय मेसिनमा हुने

बुधबार, १० असोज २०८०, १५ : ५८
बुधबार, १० असोज २०८०

काठमाडौँ । नेकपा एमाले बागमती प्रदेश अधिवेशनको मतदान ४० वटा विद्युतीय मेसिनमा हुने भएको छ ।

एमाले  बागमती प्रदेश अधिवेशनको मतदान पार्टी मुख्यालय च्यासलमा भोलि बिहीबार हुने भएको छ । मतदान बिहीबार बिहान ८ देखि दिउँसो ३ बजेसम्म हुने प्रमुख निर्वाचन अधिकृत डिल्ली मैनालीले जानकारी दिए ।

यस्तै एमाले बागमती प्रदेशले मतदाताको अन्तिम नामावली प्रकाशन गरेको छ । बिहान ८ बजे मतादाता नामावली प्रकाशन गर्ने भनिए पनि साढे १० बजेमात्रै मतदाता नामावली प्रकाशन गरिएको थियो । प्रदेश अधिवेशनका लागि ११ सय ६५ मतदाताको सूची टाँसिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप