आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एसियाली खेलकुदमा नेपाली टेबलटेनिस खेलाडीको निराशाजनक प्रदर्शन

बुधबार, १० असोज २०८०, १६ : ०७
बुधबार, १० असोज २०८०

काठमाडौँ । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको पाँचौँ दिन बुधबार नेपालका टेबलटेनिस खेलाडीहरु प्रारम्भिक चरणबाटै बाहिरिएका छन् । पुरुष एकलतर्फ नेपालका दुई खेलाडी पहिलो चरणबाट बाहिरिए ।

पुरुष एकलतर्फको ६४ खेलाडीबीचको भिडन्तमा नेपालका रुविन महर्जन पराजित भए । माल्दिभ्सका खेलाडी मोहम्मद सफान ईस्माइलले रुविनलाई ४—१ सेटमा हराएका हुन् । उक्त भिडन्तमा माल्दिभ्सका खेलाडी ११—६, ३—११, ११—८, ११—६ र ११—८ अंकले विजयी भए । 

यसैगरी पुरुष एकलतर्फको अर्को खेलमा नेपालका संयोग कपाली पनि पराजित भए । यमनका खेलाडी अहमद ओमर अलीले संयोगलाई ४—० सेटमा पराजित गरेका हुन् । उक्त खेलमा यमनका खेलाडी ११—८, ११—७, ११—९ र ११—६ अंकले विजयी भए । 

यसैगरी पुरुष डबल्सतर्फको खेलमा नेपालका संयोग कपाली र रुविन महर्जनको जोडी पनि पहिलो चरणमै पराजित भयो । पाकिस्तानका खेलाडी मोहम्मद शाह खान र फैजन जाहुरको जोडीले नेपालका संयोग र रुविनाको जोडीलाई ११—८, ११—४ र ११—७ अंकले हरायो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप