आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सेयर बजारमा दोहोरो अंकको गिरावट, १ अर्ब ८१ करोडको कारोबार

बुधबार, १० असोज २०८०, १६ : १२
बुधबार, १० असोज २०८०

काठमाडौँ । आज कारोबार सुरु भएदेखि नै घट्न थालेको नेप्से परिसूचक १८ अंक घटेर बन्द भएको छ । २००२३ अंकबाट सुरु भएको नेप्सेको कारोबार १८.६० अंकले घटेर २००४ अंकमा रोकिएको हो ।

०.९१ प्रतिशतले परिसूचक घटेपछि १९३ कम्पनीको सेयर मूल्य घटेको छ । आज ३४ कम्पनीको सेयर मूल्य बढ्दा ३ कम्पनीको मूल्य भने स्थिर छ । यसक्रममा आज १ अर्ब ८१ करोड ४३ लाख रुपैयाँ बराबरको कारोबार हुँदा ७० लाख कित्ता सेयर किनबेच भएको छ ।

परिसूचक घटेपनि आज मनकामना इन्जिनियरिङ हाइड्रोपावरको सेयर मूल्य ९.९० प्रतिशतले बढेको छ । प्रतिकित्ता २४ रुपैयाँले सेयर मूल्य बढेपछि कम्पनीको मूल्य प्रतिकित्ता २७२ रुपैयाँ पुगेको छ । यसबाहेक, आज लक्ष्मी भ्यालू फण्ड–२ को सेयर मूल्य १० प्रतिशतले घटेको छ ।

आज कारोबारमा आएका सम्पूर्ण कम्पनीको सूचक घटेको छ । जसमध्ये निर्जीवन बीमा समूहको सूचक १०० अंकले घटेको छ भन जीवन बीमा समूहको सूचक ८८ अंकले घटेको छ । यस्तै, विकास बैंक समूहको सूचकमा ५३ अंक र होटल र टुरिजम समूहको सूचकमा ४८ अंकको गिरावट आएको छ ।

परिसूचक दोहोरो अंकले घटेको दिन सन नेपाल लाईफ इन्स्योरेन्सको सेयर सबैभन्दा धेरै कारोबार भएको छ । आज यो कम्पनीको ७ करोड ६२ लाख रुपैयाँको सेयर कारोबार भएको हो । यसपछि एनआईसी एसियाको ६ करोड १९ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप