आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एसियाली खेलकुदको प्रिक्वार्टरफाइनबाटै बाहिरिए नेपाली मुक्केबाज भूपेन्द्र र सुष्मा

बुधबार, १० असोज २०८०, १६ : २१
बुधबार, १० असोज २०८०

काठमाडौँ । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको पाँचौं दिन बुधबार नेपालका दुई बक्सिङ खेलाडी प्रिक्वार्टरफाइनल चरणमै पराजित भएका छन् । नेपाली खेलाडी सुष्मा तामाङ र भूपेन्द्र थापा प्रिक्वार्टरफाइनल चरणमा पराजित भएका हुन् । 

महिला ४५ देखि ५० केजी तौल समूहको प्रिक्वार्टरफाइनल चरणको खेलमा कजाकस्तानकी खेलाडी नजिम किजाइबीले सुष्मालाई अंकको आधारमा ५—० ले हराइन् । जितसँगै कजाकस्तानकी खेलाडी प्रतियोगिताको क्वार्टरफाइनल चरणमा पुग्न सफल भइन् । 

यसैगरी नेपाली खेलाडी भूपेन्द्र थापा पुरषतर्फको ५७ देखि ६३ केजी तौल समूहको खेलमा पराजित भएका हुन् । चाइनिज ताइपेईका खेलाडी लाई चु एनले नेपालका भुपेन्द्रलाई अंकका आधारमा ४—० ले हराएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप