आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
राजनीति

एमाले बागमती अधिवेशन : उम्मेदवारको मनोनयन जारी

बुधबार, १० असोज २०८०, १६ : २७
बुधबार, १० असोज २०८०

काठमाडौँ । नेकपा एमालेको जारी प्रथम बागमती प्रदेश अधिवेशनमा उम्मेदवारहरुले मनोनयन दर्ता गर्ने क्रम सुरु भएको छ । अधिवेशनको तेस्रो दिन नयाँ नेतृत्व छनोटका लागि उम्मेदवारहरुको मनोनयन दर्ता सुरु भएको हो । 

निर्वाचन कार्यक्रमअनुसार बुधबार साँझ ६ बजेसम्म मनोनयन सकेर साँझ सात बजे उम्मेदवारहरुको प्रारम्भिक नामावली प्रकाशन गरिने छ । उम्मेदवारहरुको अन्तिम नामावली बुधबार राति ८ बजे प्रकाशन गर्ने र मतदान बिहीबार गर्ने निर्वाचन कार्यक्रम रहेको छ ।

एमाले बागमती प्रदेश अधिवेशनमा १३ जिल्लाका ११ सय ७९ जना मतदाता छनोट भएका छन् । उनीहरुले अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिव सहित २४० सदस्यीय नयाँ प्रदेश कमिटी चयन गर्नेछन् ।

एमालेले बागमती प्रदेश कमिटीको नयाँ नेतृत्व चयन गर्न ४० वटा विद्युतीय मेसिन मतदानका लागि प्रयोग गर्ने तयारी गरेको छ ।

uml bagmatiuml bagmati1uml bagmati3uml bagmati4uml bagmati5uml bagmati6

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप